वैशाख १५ को उपनिर्वाचन

मतदान हुने सम्बन्धित क्षेत्रका विद्यालयमा दुई दिन बिदा दिन सरकारलाई आयोगको निर्देशन

नेपालभ्युज

मतदान हुने सम्बन्धित क्षेत्रका विद्यालयमा दुई दिन बिदा दिन सरकारलाई आयोगको निर्देशन

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदान स्थल र केन्द्र तोकिएका विद्यालयमा दुई दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई निर्देशन दिएको छ ।

उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेपछि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा मङ्गलवार आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समिति बैठकले सरकारलाई ६ बुँदे निर्देशन जारी गर्दै विद्यालयमा बिदा दिन भनेको हो । वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा र बझाङ (क)मा प्रदेशसभा उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनका लागि मतदान तथा निर्वाचन सम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न वैशाख १३ देखि १५ गतेसम्म ३ दिन आवश्यक पर्ने आयोगको भनाइ छ । वैशाख १५ गते शनिबार भएकाले बिहीबार र शुक्रबार सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन मुख्य सचिवमार्फत नेपाल सरकारलाई निर्देशन दिने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले आगामी वैशाख दुईदेखि १५ गते उपनिर्वाचन सम्पन्न भई मतगणना कार्य सम्पन्न नभएसम्मका लागि उपनिर्वाचन हुने जिल्ला भित्र मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवनलाई नियन्त्रण गर्ने गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।

आयोगले भोलि बुधबारदेखि लागू हुने गरी निर्वाचन आचार संहिता लागू हुने जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved