हिक्मतले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि कोशी प्रदेशसभा डेढ महिनापछि बोलाउन सिफारिस

नेपालभ्युज

हिक्मतले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि कोशी प्रदेशसभा डेढ महिनापछि बोलाउन सिफारिस

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी जेठ ११ गते अधिवेशन बोलाउन सिफारिस गरेको छ।

मुख्यमन्त्री केदार कार्कीले जेठ ११ गते बिहान ११ बजे प्रदेश अधिवेशन बोलाउन प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष सिफारिस गरेका हुन् ।

प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गरेपछि झण्डै डेढ महिनापछि बस्नेगरी मुख्यमन्त्री कार्कीले प्रदेशसभा बैठक बोलाएका हुन् ।

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी, प्रदेश प्रमुखलाई बुझाए बहुमत सांसदको हस्ताक्षर

सोमबार माओवादी केन्द्र र एमालेका ५३ सांसदको हस्ताक्षरसहित हिक्मतले मुख्यमन्त्रीमा दाबी पेसका गरेका छन् ।

हिक्मतलाई मुख्यमन्त्री बनाउन एमालेका ४० र माओवादीका १३ सांसदले हस्ताक्षर गरेका छन् ।

कोशीमा सरकार गठनका लागि ४७ सांसद चाहिन्छ । एमाले र माओवादीले मुख्यमन्त्री कार्कीमाथिको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ ।

आजै नेकपा एमाले र मा‌‌ओवादी केन्द्रले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

कोशीमा माओवादी केन्द्रका तीन मन्त्रीले दिए राजीनामा

कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र, समर्थन पनि फिर्ता लिने


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved