कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र, समर्थन पनि फिर्ता लिने

कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउँदै उसले केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

नेपालभ्युज

कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र, समर्थन पनि फिर्ता लिने

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउँदै उसले केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

कोशी सरकारमा कांग्रेसका मूख्यमन्त्री छन् । केन्द्रको गठबन्धन अनुसार सत्ता गठबन्धनले प्रदेश सरकार गठनको तयारीको लागि कांग्रेस नेतृत्वको सरकारबाट माओवादी बाहिरिएको हो ।

विश्वासको मत फिर्ता लिएको जानकारी आजै प्रदेश प्रमुखलाई गराउने संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

माओवादी संसदीय दलको बैठकले संसदको विशेष अधिवेशन पनि माग गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved