कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी, प्रदेश प्रमुखलाई बुझाए बहुमत सांसदको हस्ताक्षर

नेपालभ्युज

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी, प्रदेश प्रमुखलाई बुझाए बहुमत सांसदको हस्ताक्षर

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गरेका छन् ।

बहुमत सांसदको हस्ताक्षरसहित कार्कीले प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेका हुन् ।

हिक्मतलाई मुख्यमन्त्री बनाउन एमालेका ४० र माओवादीका १३ गरी ५३ सांसदले हस्ताक्षर गरेका छन् ।

कोशीमा सरकार गठनका लागि ४७ सांसद चाहिन्छ । एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीमाथिको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ ।

आजै नेकपा एमाले र मा‌‌ओवादी केन्द्रले  मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका थिए  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved