पोखरेल र पुडासैनीलाई गोकर्णेश्वर साहित्य सम्मान

नेपालभ्युज

पोखरेल र पुडासैनीलाई गोकर्णेश्वर साहित्य सम्मान

काठमाडौं। प्रा. डा. ऋषिराम पोखरेल र गीतकार एवं वरिष्ठ कवि कञ्चन पुडासैनी एक लाख नगद राशि भएको गोकर्णेश्वर साहित्य सम्मानबाट सम्मानित भएका छन्।

नगरपालिकाले नगरभित्र स्थायी बसोबास गर्दै साहित्यमा साधनारत सर्जक तथा समाजसेवीलाई सम्मान गर्ने क्रममा नगर प्रमुख दीपककुमार रिसालले पोखरेल र पुडासैनीलाई ‘गोकर्णेश्वर साहित्य पुरस्कार २०८०’ ले सम्मान गरेका हुन्।

चैत २१ गते आयोजित सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख रिसालले भौतिक विकासले मात्र शान्ति र सन्तुष्टि ल्याउन नसक्ने भएकाले पहिलेदेखि नै नगरपालिका साहित्य क्षेत्रको विकासमा योजनाबद्ध हिसाबले लागेको बताए । कुनै पनि समुदाय र राष्ट्रियताको पहिचान, संस्कृति, सोच पछिल्लो पुस्तामा सार्न साहित्यको महत्त्वपूर्ण योगदान हुने उनको भनाई छ।

कार्यक्रममा पुरस्कार चयन समितिका साहित्यकारहरू गोविन्द घिमिरे वेदमणि (अभिनव साहित्य समाज), विजय चालिसे (रमेश विकल साहित्य प्रतिष्ठान)  र बाजुराम पौडेल (सुरभि साहित्य प्रतिष्ठान) तथा समालोचक युवराज मैनालीले गोकर्णेश्वर नगरपालिकाले साहित्य क्षेत्रको विकासमा गरेको प्रयासको प्रशंसा गरेका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved