कविता लेख्दै बालेनको व्यङ्ग्य- म अरुलाई के भनम, आफैं खराब छु

नेपालभ्युज

कविता लेख्दै बालेनको व्यङ्ग्य- म अरुलाई के भनम, आफैं खराब छु

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कविता मार्फत् अहिले परिवर्तन खोजिरहेका शक्तिमाथि व्यङ्ग्य गरेका छन् ।

मेयर शाहले मंगलबार सामाजिक संजालमा एक कविता शेयर गर्दै भनेका छन्- ‘म आफैं आफ्नो शत्रु , म आफै दबाब हुँ ! म अरुलाई के भनम, म आफैं खराब छु !’

यस्तो छ उनको कविता- 

म राजा हुँदा, लोकतन्त्र चाहियो भन्छु,
राजा खराब भो,
म गणतन्त्र आउँदा राजा चाहियो भन्छु,
जनतन्त्र हराम भो,
म जनता हुँदा नेता बन्न खोज्छु,
नेता बन्दा जनता लडाउछु,
कम्जोर हुँदा बलियोलाई रोज्छु,
बलियो हुँदा आफै हराउँछु !
म आफैं आफ्नो शत्रु, म आफैं दबाब हुँ !
म अरुलाई के भनम, म आफैं खराब छु !!


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved