नेपाल भाषा र नेपाली भाषाका कविता सङ्ग्रहित ‘अर्धब्रह्म’ सार्वजनिक

नेपालभ्युज

नेपाल भाषा र नेपाली भाषाका कविता सङ्ग्रहित ‘अर्धब्रह्म’ सार्वजनिक

काठमाडौं। रङ्गकर्मी एवं कवि राम के.ए.सी.को कविता सङ्ग्रह “अर्धब्रह्म” को लोकार्पण भएको छ।

सद्भाव थिएटर, नेपालको प्रकाशन र आयोजनामा सोमबार ७९ वर्षीय मङ्गलमाया श्रेष्ठको विशेष आतिथ्यमा वरिष्ठ कवि तथा कथाकार श्रीओम श्रेष्ठ ‘रोदन’, वरिष्ठ कथाकार ध्रुव मधिकर्मी, वरिष्ठ कवि अभय श्रेष्ठ, वरिष्ठ पत्रकार कुमार रञ्जित लगायतले उक्त संग्रह लोकार्पण गरेका हुन्।

नेपाल भाषा र नेपाली भाषाका कविताहरू समानान्तर ढङ्गले राखिएको लोकार्पित कृतिमाथि कार्यक्रममा वक्ताको भूमिकामा रहेका साहित्यकारद्वय श्रीओम श्रेष्ठ ‘रोदन’, ध्रुव मधिकर्मी, अभय श्रेष्ठ र वरिष्ठ पत्रकार कुमार रञ्जित लगायतले समीक्षात्मक मन्तव्य राखेका थिए। कार्यक्रममा लोकार्पित कृतिका स्रष्टा राम के.ए.सी. स्वयंले केही कविता वाचन गरेका थिए ।

एउटै कविता सङ्ग्रहमा नेपाल र नेपाली भाषा गरी दुई भाषामा कविताहरू समावेश गरिएका छन्। लक्ष्मी वैद्यको ले–आउट र डिजाइनमा कविताको मर्म अनुरूप रेखाचित्रहरू पनि निकै सुन्दर ढङ्गले राखिएका छन् । यस कृतिमा ३६ वटा लामा छोटा कविताहरू दुवै भाषामा समावेश छन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved