लाइभ रिपोर्टिङ गर्न घटनास्थल पुगेका पत्रकारले जब बुबाको शव देखे !

शव देखेपछि उनी झस्किए । आँखामा भ्रम परेको होकी भन्ने लागेर एकफेर मिचे । अनि फेरि हेरे । भर्खरैसम्म उत्साहका साथ रिर्पाेङि गरिहेका उनका नौनारी एक्कासी गले । उनी थचक्कै भुइँमा बसे । किनकि त्यहाँ ट्याक्टर दुर्घटनामात्र भएको थिएन, उनको जीवन नै दुर्घटनामा परेको थियो ।

नेपालभ्युज

लाइभ रिपोर्टिङ गर्न घटनास्थल पुगेका पत्रकारले जब बुबाको शव देखे !
दुर्घटनामा ज्यान गुमाउने मानबहादुर विष्ट र घटनास्थल बैतडीको पाटन ८ झौलेक मोड

काठमाडौं । भनिन्छ, समाचार वाचन गर्दा होस् वा रिपोर्टिङका क्रममा एउटा सञ्चारकर्मीले सञ्चारधर्म निभाउन पर्छ । सर्पले टोक्नै लाग्दा पनि समाचार कक्ष वा रिपोर्टिङ स्थलबाट भाग्न हुन्न । तर सधैं र सबै ठाउँमा यो लागू नहुने रैछ ।

बैतडीमा बिहीबार राति से २ त ३६७८ नम्बरको ट्याक्टर दुर्घटना भयो । राति ११ बजेतिर पाटन नगरपालिका– ८ झौलेक मोडबाट ट्याक्टर तल खोँचमा खस्यो । दुर्घटना राति भएकाले शुक्रबार बिहान मात्र खबर आयो ।

खोड्पेमा बसेर ‘रेडियो सेभेन स्टार’मा काम गरिरहेका पत्रकार कृष्ण विष्ट (Krishna Bista)बिहानको सिफ्टमा काम गर्थे । कृष्णले प्रहरी कार्यालयमा फोन गरेर दुर्घटनाबारे सबै विवरण लिए । त्यसैलाई समाचारको स्वरुप दिए ।

उनले आफू कार्यरत विभिन्न मिडियामा पनि घटनाको समाचार पठाए । रेडियो सेभेन स्टारमा आफैंले उक्त समाचार वाचन गरे ।

समाचार लेखेर पढ्दासम्म दुर्घटनामा २ जनाको मृत्यु भएको भनिएको थियो । मृत्यु हुनेमा ट्याक्टर चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीका ३० वर्षीय राजेश चौधरीको नाम प्रहरीले जानकारी गराएको थियो ।

‘अर्का एक जनाको नाम खुलेको छैन’ भनिएको थियो । समाचार पढेपछि थप रिपोर्टिङका लागि उनी घटनास्थल पुगे ।

०००

लाईभ रिर्पाेटिङका लागि कृष्ण घटनास्थल पुगे । दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट २ सय मिटर तल खसेको थियो । शव पनि नजिकै थियो । शव देखेपछि उनी झस्किए । आँखामा भ्रम परेको होकी भन्ने लागेर एकफेर मिचे । अनि फेरि हेरे ।

भर्खरैसम्म उत्साहका साथ रिर्पाेङि गरिहेका उनका नौनारी एक्कासी गले । उनी थचक्कै भुइँमा बसे । किनकि त्यहाँ ट्याक्टर दुर्घटनामात्र भएको थिएन, उनको जीवन नै दुर्घटनामा परेको थियो ।

उनको आदर्श नै भत्किएको थियो । सनाखत हुन नसकेको त्यो पार्थिव शरिर अरु कसैको थिएन, आफ्नै बुवा मानबहादुरको थियो । उनी बुवाको निर्जिव शरिरलाई एकोहोरो हेरेर टोलाइरहे ।

घटनास्थल पाटन ८ झौलेक मोड

यत्तिकैमा रेडियोबाट फोन आयो । फोन उठाएर ‘हेलो’ भन्न नपाउँदै उताबाट सहकर्मीको आजाव सुनियो, ‘घटनाको अपडेटको लाइभ गरिहालौँ । अर्का मृतकको पहिचान खुल्यो ? अहिले के छ त्यहाँको अवस्था ?’

कृष्णले अर्का मृतकको नाम पहिचान गरिसकेका थिए, कसैलाई सोध्नु परेकै थिएन ।

उनले मलिन स्वरमा जवाफ दिए, ‘अर्का मृतक हुनुहुन्छ, पाटन नगरपालिका १० पनालीका ५० वर्षीय मानबहादुर विष्ट ।’

घटनास्थलमा अरू कुनै नयाँ कुरा नभएको भन्दै लाइभ गर्नुपर्ने अवस्था नरहेको बताए । घटनास्थलको फोटो खिचेर पठाए । जहाँ कृष्ण उभिएका थिए, त्यो कर्म गर्ने ठाउँमा मेहनत र स‌र्घष गर्न सिकाउने उनै मानिस ढलिरहेका थिए ।

रेडियोमा मृतकको नाम अपडेट भएपछि छिमेकीहरूले थाहा पाए । कृष्णलाई फोन आयो, ‘एकदमै दुखद खबर सुनियो भाइ, घटनास्थल जाउँ , हामी पनि जाँदैछौँ ।’

घटनास्थलमा रिर्पाेटिङमा पुगेका पत्रकार कृष्ण विष्ट

‘तपाईँहरू आउनुहोस् । म यही घटनास्थलमै छु,’ कृष्णले भने ।

कृष्णका बुवा मानबहादुर सुर्नया क्षेत्रमा काठको काम गर्थे । तर, राति घर फर्किरहेको भन्ने जानकारी उनले गराएका थिएनन् । सोही कारण कृष्णले दुर्घटनामा आफ्नै बुवा परेका होलान् भनेर सोचेका पनि थिएनन् । जब उनले घटनास्थलमै गएपछि मात्रै थाहा पाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved