सुदूरपश्‍चिममा नाउपा विवाद

मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन रेशम पक्षको ह्वीप

नेपालभ्युज

मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन रेशम पक्षको ह्वीप

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने/नदिनेबारे नागरिक उन्मुक्ति पार्टीमा विवाद चर्किएको छ ।

पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सूचना जारी गर्दै पार्टीबाट निर्वाचित सबै ७ जना सांसदलाई विश्वासको मत नदिन निर्देशन दिएकी थिइन् ।

तर, प्रदेशसभाका प्रमुख सचेतक खुशीराम डगौरा थारुले मुख्यमन्त्रीको पक्षमा विश्वासको मत दिन निर्देशन दिएका छन् ।

अध्यक्ष श्रेष्ठले ह्वीप जारी गरेको केही घण्टापछि विज्ञप्ती निकाल्दै थारुले विश्वासको मत लिन बोलाइएको सभामा अनिवार्य उपस्थित भई पक्षमा मतदान गर्न निर्देशन दिएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved