सुदूरपश्चिम : मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन नाउपा-रेशम पक्षको ह्वीप

नेपालभ्युज

सुदूरपश्चिम : मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन नाउपा-रेशम पक्षको ह्वीप

काठामडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्षले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोजनसहित प्रदेश सभाको बैठक शुक्रबार साँझ ५ बजेका लागि बोलाइएको छ । तर, नाउपा-रेशम पक्षले भने मत नदिन ह्वीप जारी गरेको हो ।

नाउपा संसदीय दलका प्रमुख सचेतक खुसीराम डगौरा थारुद्वारा जारी ह्वीपमा भनिएको छ— राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ प्रस्तावको पक्षमा मतदान नगर्न ह्वीप जारी गरिन्छ ।

केन्द्रमै दुई फ्याक भएको नाउपा प्रदेश सभामा पनि विभाजित छ । संरक्षक रेशम चौधरी पक्ष मुख्यमन्त्री सोडारीको विपक्षमा छ भने अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षमा छन् ।

त्यहाँ रञ्जिता पक्षका कैलाश चौधरी र टीका थापा क्रमश: भौतिक पूर्वाधार विकास र कृषिमन्त्री छन् ।

438158182_358466720554142_8452998876764964406_n


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved