नाउपाको विवाद मिलाएर सरकारमा सहभागी गराउने प्रचण्डको प्रयास, रेशमले भने- २४ गते निर्णय हुन्छ

नेपालभ्युज

नाउपाको विवाद मिलाएर सरकारमा सहभागी गराउने प्रचण्डको प्रयास, रेशमले भने- २४ गते निर्णय हुन्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक उन्मुक्ति पार्टी(नाउपा)को विवाद मिलाउने प्रयास गरेका छन् ।

सरकारमा सहभागी हुने/नहुने विषयलाई लिएर नाउपाका अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीबीच विवाद चलिरहँदा प्रधानमन्त्री प्रचण्डले दुवै जनासँग छलफल गरेका छन् ।

मंगलबार बिहान रन्जितासँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले दिउँसो रेशमसँग छलफल गरेका हुन् ।

नागरिक उन्मुक्तिभित्र भाँडभैलो, दुई प्रदेश अध्यक्ष निष्कासित

प्रचण्डले दुवै जनासँग पार्टी विवादबारे छलफल गरेका छन् । साथै, नयाँ सत्ता समीकरण र प्रदेश सरकारका विषयमा पनि छलफल भएको छ ।

छलफलमा प्रचण्डले रेशमलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए । चौधरीले चैत २३ र २४ गते पार्टीको केन्द्रीय समिति बैठकले सरकारमा सहभागी हुने/नहुनेबारे आधिकारिक निर्णय गर्ने जवाफ दिएका छन् ।

सत्ता समीकरण फेरिएसँगै पार्टी अध्यक्ष रञ्जिता र संरक्षक रेशमबीच सरकारबारे फरक मत हुँदा नाउपा विभाजनको अवस्थामा पुगेको छ ।

रन्जिताले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरे पनि रेशम त्यसको विपक्षमा छन् ।

रेशम चौधरीको दुखेसो-‘पार्टी विवादले आत्महत्या गर्ने अवस्थामा पुर्‍याएको छ’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved