नागरिक उन्मुक्तिभित्र भाँडभैलो, दुई प्रदेश अध्यक्ष निष्कासित

नेपालभ्युज

नागरिक उन्मुक्तिभित्र भाँडभैलो, दुई प्रदेश अध्यक्ष निष्कासित

काठमाडौं । सत्ता र पदका कारण नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र भाँडभैलो सुरु भएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी संरक्षक रेशम चौधरी निकटका दुई प्रदेश अध्यक्षलाई कुटपिटमा संलग्न भएको भन्दै निष्कासन गरेकी छन् ।

अध्यक्ष श्रेष्ठले गण्डकी अध्यक्ष राजन गुरुङ र बागमतीका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पदमुक्त गरी पार्टीबाट निष्कासन गरेकी हुन् ।

पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि हिजो पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा अभद्र व्यवहार गरी कुटपिट गरेको भन्दै दुवै जनालाई कारबाही गरिएको अध्यक्ष श्रेष्ठद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

 

अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीबीच पछिल्लो समय नयाँ सत्ता गठबन्धनमा सहभागी हुने कि नहुने भन्नेमा तिब्र विवाद बढ्दै गएको छ । यही विषयमा छलफल भइरहेका बेला हिजो अनामनगरस्थित पार्टी कार्यालयामा आयोजित केन्द्रीय कमिटीको बैठकमा नेता कार्यकर्ताबीच कुटाकुटनै भएको थियो ।

सुदूरपश्चिममा नेपाली कांग्रेसको गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा रहेका रेशम र मुख्यमन्त्री लिएर नयाँ गठबन्धनबाट अघि बढ्नुपर्ने पक्षमा रहेकी रञ्जिता पक्षबीचको विवादले नाउपा फुटको संघारमा पुगेको छ।

पार्टी भित्रको विवाद उग्र बन्दै गएपछि संरक्षक रेशम चौधरीले २३ गते बैठक बोलाएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved