रेशम चौधरीको दुखेसो-‘पार्टी विवादले आत्महत्या गर्ने अवस्थामा पुर्‍याएको छ’

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक रेशमलाल चौधरीले पार्टी विवादले आत्महत्या गर्ने अवस्थामा पुगेको दुखेसो गरेका छन् ।

नेपालभ्युज

रेशम चौधरीको दुखेसो-‘पार्टी विवादले आत्महत्या गर्ने अवस्थामा पुर्‍याएको छ’

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक रेशमलाल चौधरीले पार्टी विवादले आत्महत्या गर्ने अवस्थामा पुगेको दुखेसो गरेका छन् ।

आफूलाई आइतबार एउटा छलफलमा हत्या पनि हुन सक्छ भनेर धम्की दिएको  आरोप खेपेका उनले पार्टीकै विवादले तनावमाथि तनाव थपिएको गुनासो गरे ।

समाचार संस्था ‘हिमालयन टेलिभ्वाइस’लाई अन्तरवार्ता दिँदै उनले भने, ‘‘पदीय लोलुपता धेरै भयो । पार्टी भित्र विवाद भयो । विवादले आत्महत्या गर्ने अवस्थामा पुगिसकेँ । पार्टीमा बाहिरबाट हस्तक्षेप भयो । अहिलेको सरकारले हाम्रो पार्टीमा हस्तक्षेप गर्याे । अब सरकारलाई समर्थन गर्नेहरूलाई छानाछानी कारबाही गरेर पार्टी शुद्धिकरण गछौँ । मैले बिरुवा रोपेँ । ठुलो बनाएँ । तर लाभ अरूले लिन खोजे ।’’

चौधरीले आफ्नो पार्टी वर्तमान सरकारले चलाइदिँदा समस्या उत्पन्न भएको बताउँदै पार्टीका नेताहरूलाई छानाछानी कारबाही गर्ने चेतावनी दिए । केन्द्रीय समितिको निर्णय मान्दिनँ भन्नेलाई कारबाही गर्ने उनले बताए । “२३ र २४ गते केन्द्रीय समितिको बैठक बोलाएको छौँ, त्यहाँ निर्णय हुन्छ । पार्टी अध्यक्ष र रेशम भन्ने हुँदैन । पार्टीको निर्णय नमान्ने जो कोही भए पनि कारबाही गर्छौँ” उनले भने ।

सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा संस्थापक केन्द्रीय सदस्यहरूको बैठक सुरु हुनुअघि आफूमाथि रेशम चौधरीसँगै आएका व्यक्तिहरूले कुटपिट गरेको केन्द्रीय सदस्य रमेश विश्वकर्माको आरोप छ । आइतबार ज्यान मार्ने धम्की दिएको र सोमबार आफूहरूमाथि आक्रमण हुनुले असुरक्षा बढेको नेताहरु बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved