फ्रेण्डसीप कप क्रिकेट

भारतमा नेपालको विजयी सुरुवात

नेपालभ्युज

भारतमा नेपालको विजयी सुरुवात

काठमाडौंं । विश्वकप टी- २० क्रिकेटको तयारीका लागि भारतमा रहेको नेपालले मैत्रीपूर्ण खेलमा विजयी सुरुवात गरेको छ ।

फ्रेण्डसीप कप टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले पराजित गर्‍यो।

गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले ३३ र अनिल साहले ३२ रन बनाए । दुवै नटआउट रहे ।

यसअघि बरोडामा पहिला ब्याटिङ गरेको गुजरात १८.२ ओभरमा ९८ रनमा अलआउट भएको थियो । बरोडाका लागि रुद्र पटेलले २३ र हेमङ पटेलले २० रन जोडे।

नेपालका लागि गुल्शन झाले २२ रन खर्चेर ४ विकेट लिएका थिए । करण केसीले ३ तथा सोमपाल कामीले १ विकेट लिए।

फ्रेण्डसीप कपमा नेपाल, बरोडा र गुजरातको सहभागिता छ। २ हप्तापछि ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी लागि नेपाल फ्रेण्डसीप कप खेल्न भारत पुगेको हो।

नेपालले आफ्नो दोस्रो खेलमा मंगलबार बरोडासँग खेल्नेछ । तीन टिमले एक अर्कोसँग २-२ म्याच खेल्नेछन् । अंक तालिकामा माथिल्लो स्थानमा रहने दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved