जसपा विभाजनमा मेरो भूमिका छैन : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

जसपा विभाजनमा मेरो भूमिका छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जसपा नेपाल विभाजनमा आफ्नो भूमिका नरहेको दाबी गरेका छन्।

सभामुख देवराज घिमिरेले बोलाएको बैठकबाट बाहिरिने क्रममा उनलाई जसपा विभाजनमा उनको भूमिकाबारे पत्रकारले प्रश्न गरेका थिए।

‘कसले देख्छ र प्रचण्डबाहेक यो देशमा? मेरो भूमिका छैन’, प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।

गत आइतबार जसपा नेपाल विभाजन गरी अशोक राई पक्षले जसपाका लागि निवदेन दिएका थिए। सोमबार आयोगले यो पक्षलाई आधिकारिकता दिइसकेको छ।

जसपा विभाजनमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको भूमिका रहेको आशंका भइरहेका छन्। प्रधानमन्त्रीले भने आफूमाथिको आशंका अस्वीकार गरेका हुन्।

उनले मंगलबार बिहान जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा मिलेर जान आग्रह गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved