कपूरलाई सुँघ्दा पनि हुन सक्छ फाइदा

नेपालभ्युज

कपूरलाई सुँघ्दा पनि हुन सक्छ फाइदा

एजेन्सी । कपूरमा एन्टीब्याक्टेरियल र एन्टीफंगल गुण हुन्छन्, जसले खतरनाक किटाणुलाई मार्न सक्छन् । कपूर स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

यसले सुँघेर पनि विभिन्न प्रकारका समस्या कम गर्न सकिन्छ । आउनुहोस् कपूरलाई सुँघेर मात्र कसरी फाइदा हुन्छ यसबारेमा जानौं …..

यदि तपाईंलाई रूघा लागिरहेको छ भने एउटा रूमालमा कपूर राखेर सुँघ्न सक्नुहुन्छ । यसले तपाईंको बन्द भएको नाक एकदमै छिटो खुल्नेछ ।

तपाईंलाई टाउको दुखिरहेको छ वा भयंकर खालको माइग्रेनको समस्या भइरहन्छ भने दैनिक रूपमा रूमालमा राखेर कपूर सुँघ्न सक्नुहुन्छ । यसले माइग्रेनको समस्यामा पनि राहत पाइन्छ ।

तपाईं धेरै नै चिन्ता र तनावबाट गुज्रिरहनुभएको छ भने दैनिक केहीबेर कपूर सुँघ्नु एकदमै फाइदाजनक हुन्छ । यसले तनाव कम हुनुका साथै मन शान्त हुन्छ ।

तपाईंलाई धेरै नै थकान र कमजोरी महसुस भइरहेको छ भने पनि कपूर सुँघ्नु लाभदायक हुन्छ । यसको सुगन्धले तपाईंको थकान कम गर्नुका साथै ताजगी महसुस गर्नुहुनेछ ।

कपूर सँघेर मुखमा भएका घाउ पनि निको पार्न सकिन्छ । यसको सुगन्ध नाकको माध्यमबाट मुख र कानका नसामा फैलिन्छ जसले गर्दा घाउको समस्या कम हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved