रातको एउटा गल्तीले बढ्नेछ तौल, पातलो कम्मरका लागि गर्नुहोस् यी काम

नेपालभ्युज

रातको एउटा गल्तीले बढ्नेछ तौल, पातलो कम्मरका लागि गर्नुहोस् यी काम

एजेन्सी । अहिलेको जीवनशैली यस्तो छ कि मोटोपन तथा तौल धेरै भएर धेरै मानिस समस्यामा छन् ।

मोटोपनले तपाईंको व्यक्तित्वलाई त खराब गर्छ नै साथमा विभिन्न विमारीहरुलाई पनि निम्तो दिन्छ ।

मोटोपनको समस्या कैयौंपटक हाम्रो गल्तीको कारणले पनि हुने गर्छ । खासगरी रातमा ढिला खाना खाने बानीले शरीरमा बोसो बढ्ने सम्भावना अत्यधिक हुन्छ । यदी तपाईं रातमा छिटो खाना खानुभयो भने तपाईंको पेट तथा पाचनका लागि एकदमै धेरै फाइदा हुन्छ ।

यहाँ हामी तपाईंलाई छिटो रातको खाना खानुका केही फाइदाहरु बताउनेछौं, जसले तपाईंलाई मोटोपनको शिकार हुनबाट त जोगाउँछ साथमा छिटै बुढो हुनबाट पनि जोगाउँछ ।

छिटो डिनर(Dinner) गर्नाले तपाईंको शरीरमा खानामा भएका पोषक तत्वहरु राम्रो तरिकाले शरीरले प्राप्त गर्छ जसले गर्दा बिहान मल त्याग गर्न पनि सजिलो हुन्छ ।

रातको खाना छिटो खाँदा पेटका राम्रा ब्याक्टेरियाहरुलाई बढावा मिल्छ र त्यस्ता ब्याक्टेरियाले पाचन सम्बन्धी गडबडीको जोखिमलाई कम गरेर पेटको स्वास्थ्य राम्रो बनाउँछ । यदी तपाईं खाना खानेबित्तिकै सुत्न जानुभयो भने यसले भोजन(Meal) राम्रोसँग पच्ने मौका पाउँदैन ।

रातको समयमा चाँडो खाना खाँदा तपाईंको निद्राको गुणस्तर पनि बढ्छ । जसले गर्दा तपाईंलाई राम्रो निद्रा लाग्छ । यसले पेट र मेटाबोलिज्मलाई पनि राम्रो बनाउँछ जसले गर्दा तौल कम गर्न पनि सहयोग हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved