रातमा १० बजे नै सुत्नुका फाइदा

नेपालभ्युज

रातमा १० बजे नै सुत्नुका फाइदा

एजेन्सी । प्रायः राम्रो स्वास्थ्यका लागि रातमा समयमै सुत्ने सल्लाह दिइन्छ । अहिले मानिसहरु कामले तथा जीवनशैलीमा भइरहेको परिवर्तनले पनि रातमा ढिला सुत्ने गर्छन् । तर रातको समय भनेको प्रकृतिले शरीरलाई आराम गर्नकै लागि बनाइदिएको छ । त्यसैले रातमा १० बजेभित्र सुत्दा हुने फाइदाका बारेमा जानौं–

  • विशेषज्ञका अनुसार रातमा ढिलोमा १० देखि ११ बजेभित्र सुत्नुपर्दछ । यसले स्वास्थ्यमा धेरै लाभ हुनुका साथै तौललाई सन्तुलन गर्न पनि सहयोग हुन्छ ।
  • रातमा १० बजे सुत्नाले निद्रा व्यवस्थित हुन्छ जसले तपाईंको सुत्ने तालिका पनि सही हुन्छ र निद्राको गुणस्तरमा पनि सुधार आउँछ ।
  • रातमा नियमित समयमा सुत्नाले तपाईंको सुत्ने तालिका व्यवस्थित हुन्छ । जसले गर्दा समयमा निद्रा लाग्छ र अनिद्राको समस्या हुँदैन । जसले गर्दा चिडचिडापन नहुने तथा मुड पनि राम्रो हुन्छ ।
  • रातमा १० बजे सुत्नाले छाला पनि स्वस्थ रहन्छ । रातमा राम्रो निद्रा लिनाले छालामा चमक आउँछ र अनुहार पनि फ्रेस देखिन्छ ।
  • रातमा १० बजे सुत्दा मानसिक थकान कम हुन्छ । यसले स्वास्थ्य राम्रो हुन्छ र मानसिक तनाव पनि कम हुन्छ जसले गर्दा पूरा दिन दिमाग शान्त तथा फ्रेस रहन्छ ।
  • नियमित रुपमा १० बजे सुत्ने गरेमा पाचन पनि राम्रो हुन्छ । जसले गर्दा तौल नियन्त्रित हुन्छ, साथमा पेटसँग सम्बन्धित समस्याहरु पनि हुँदैनन् ।
  • रातमा १० बजे समयमै सुत्दा तपाईंलाई पूरा ८ घण्टाको निद्रा पुग्छ जसले गर्दा शरीरको थकान र मानसिक थकान पनि हुँदैन ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved