पेटमा जम्मा भएको बोसो हुन सक्छ घातक रोगको संकेत

नेपालभ्युज

पेटमा जम्मा भएको बोसो हुन सक्छ घातक रोगको संकेत

एजेन्सी । पेटमा बोसो जम्मा हुनुको मुख्य कारण कलेजोमा बोसो लाग्नु हो । यो एक गम्भीर समस्या हो जसलाई नन अल्कोहल र अल्कोहलयुक्त फ्याटी लिभर भनिन्छ । यो जोखिम मोटोपना र मधुमेहबाट पीडित व्यक्तिमा सबैभन्दा बढी हुन्छ ।

सामान्यतया फ्याटी लिभरको प्रारम्भिक लक्षण देखिँदैनन् । त्यसैले कुनै पनि गम्भीर परिणामबाट बच्न पेटको नजिक बोसो जम्मा हुने बित्तिकै जीवनशैलीमा परिवर्तन गर्न धेरै आवश्यक छ । विशेष गरी यी छ चीज तपाईंको आहारबाट हटाउनु पर्छ ।

मदिरा

मदिरा कलेजोका लागि मात्र नभई समग्र स्वास्थ्यका लागि हानिकारक छ । यस्तो अवस्थामा यसको सेवन गर्नु हुँदैन । विशेषगरी तपाईं फ्याटी लिभरबाट ग्रसित हुनुहुन्छ भने मदिराको थोरै मात्रा पनि विष हुन सक्छ ।

चिनी

फ्याटी लिभरका बिरामीले मिठाई, कुकीज, सोडा र फलफूलको जुस जस्ता चिनीयुक्त खानेकुराबाट जोगिनु पर्छ । किनभने चिनीको अधिक मात्राले कलेजोमा बोसो जमाउने काम गर्छ ।

नुन

धेरै नुनको सेवनले नन अल्कोहलिक फ्याटी लिभरको जोखिम बढाउन सक्छ । एक स्वस्थ व्यक्तिले सोडियम सेवन प्रति दिन २३०० मिलीग्राम भन्दा कममा सीमित गर्नुपर्छ भने उच्च रक्तचापबाट पीडित व्यक्तिले प्रति दिन १५०० मिलीग्राम भन्दा बढी नुन खानु हुँदैन ।

सेतो रोटी

सेतो अन्नहरु सामान्यतया अधिक प्रशोधन गरिन्छ । यस्तो अवस्थामा यसबाट बनेको खानेकुरामा फाइबर कम हुन्छ र त्यसलाई खाएपछि शरीरमा चिनीको मात्रा धेरै बढ्न सक्छ । त्यसैले फ्याटी लिभरका बिरामीले सेतो रोटी, भात र पास्ता जस्ता खानेकुरा खानु हुँदैन ।

स्याचुरेटेड फ्याट

अत्यधिक मात्रामा स्याचुरेटेड फ्याटको सेवनले कलेजो सहित सबै अंगमा बोसो बढ्छ । सुँगुरको मासु, घ्यू, चीज, केक, बिस्कुट, ससेजमा धेरै मात्रामा स्याचुरेटेड फ्याट पाइन्छ । जसले पेटको बोसो छिट्टै लाग्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved