मेवाको बीज खाँदा पनि स्वास्थ्यमा हुन्छ लाभ ?

नेपालभ्युज

मेवाको बीज खाँदा पनि स्वास्थ्यमा हुन्छ लाभ ?

एजेन्सी । मेवा धेरै गुणले भरपूर हुन्छ । विशेषगरी यो बिहान खाली पेटमा खान एकदमै राम्रो फल मानिन्छ ।

तर, के तपाईंलाई थाहा छ ? मेवाको बीज खाँदा पनि शरीरलाई फाइदा हुन सक्छ । यदि थाहा छैन भने आज हामी बताउनेछौं ।

मेवाको बीजमा फाइबर, स्वस्थ फ्याट, प्रोटिन, क्याल्सियम, म्याग्नेशियम, आइरन, भिटामिन्स र खनिज प्रचुर मात्रामा पाइन्छ । यी सबै पोषक तत्व स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छन् ।

मेवाको बीज सेवन गर्न सबैभन्दा पहिला बीज सफा गरेर सुकाउनुहोस् । सुकेका बीजलाई पिसेर त्यसको पाउडर बनाउनुहोस् । अब यो पाउडरलाई आफ्नो भोजन, स्मुदी तथा सलादमा मिसाएर खान सकिन्छ ।

महिलामा महिनावारीका क्रममा कयौं समस्या हुने गर्छन् । यस्तोमा मेवाको बीज खाँदा केही हदसम्म पेट दुख्नबाट आराम हुन्छ ।

यदि तपाईं तौल कम गर्न चाहिरहनु भएको छ भने खानपानमा मेवाको बीज समावेश गर्नुहोस् । यसले तौल कम गर्न सहयोग हुन्छ ।

मेवाको बीज सेवन गर्नाले शरीरमा खराब कोलेस्ट्रोलको मात्रा पनि कम गर्न सहयोग हुन्छ । साथमा यसले बाथ तथा यूरिक एसिडको दुखाईमा पनि राहत दिन्छ ।

भिटामिन सी र एन्टीइन्फ्लामेटरी गुणले भरपूर मेवाको बीज सेवन गर्नाले गठियामा खुट्टा सुन्निएको कम गर्न सहयोग हुन्छ ।

मेवाको बीजमा भरपूर मात्रामा फाइबर हुन्छ । त्यसैले यसको सेवन गरेर पाचन प्रणाली बलियो बनाउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved