गर्मीमा हुने चार समस्याका लागि नरिवल पानी

नेपालभ्युज

गर्मीमा हुने चार समस्याका लागि नरिवल पानी

एजेन्सी । गर्मी मौसमसँगै स्वास्थ्यसँग जोडिएका समस्या पनि आइसकेका छन् । जसबाट बच्नका लागि हामीले अनेक उपाय अपनाइरहेका हुन्छौं । तर, एउटा नरिवल पानीले मात्र पनि गर्मीमा हुने केही समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

गर्मीमा नरिवल पानी पिउँदा कस्ता समस्याहरुबाट छुट्कारा पाउन सकिन्छ यसबारेमा आज जानौं ।

गर्मी मौसममा तपाईंले स्वस्थ खानपान लिनु भएन भने शरीरमा पोषक तत्वको कमी हुन थाल्छ । जसले गर्दा गर्मी मौसममा एकदमै छिटो थकान महसुस हुन्छ ।

यस्तोमा तपाईंले आफ्नो खानपानमा नरिवल पानी समावेश गराउन सक्नुहुन्छ । दिनमा एकपटक नरिवल पानी सेवन गर्नाले थकान कम हुनुका साथै ताजगी र ऊर्जावान महसुस गर्नुहुनेछ ।

नरिवल पानीमा पाइने खनिज तथा पोषक तत्वले शरीरको आन्तरिक सन्तुलन  बनाइराख्ने काम गर्छ । जसले गर्दा कमजोरीको समस्या हुँदैन । नरिवल पानीमा प्राकृतिक रुपमा पोटाशियम, म्याग्नेशियमका साथै कयौं भिटामिन पाइन्छन् जसले शरीरमा ऊर्जा दिनुका साथै कमजोरी हटाउँछ ।

गर्मीको मौसममा सूर्यको किरणमा हिँड्दा वा पसिना धेरै आउँदा शरीरमा पानीको कमी हुन्छ । जसले गर्दा टाउको दुख्ने समस्या पनि हुन सक्छ । घामले दुखेको टाउकोलाई निको पार्न पनि नरिवल पानीको सेवन गर्न सकिन्छ । यसले शरीरको थकानसँगै टाउको दुखेको पनि कम गर्छ ।

गर्मी मौसममा हुने मुख्य समस्यामा डिहाइड्रेशन पनि पर्दछ । डिहाइड्रेशनले गर्दा शरीरमा अन्य समस्या पनि उत्पन्न हुन थाल्छन् । त्यसैले नरिवलको पानी पिउँदा शरीरलाई डिहाइड्रेशनको समस्याबाट बचाउन सकिन्छ ।

नरिवल पानीमा इलेक्ट्रोलाइट्स हुन्छन् जस्तै पोटाशियम, म्याग्नेशियम र सोडियम जसले शरीरलाई हाइड्रेट बनाइराख्न सहयोग गर्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved