सिरहामा एसईईको प्रश्नपत्र र उत्तर मोबाइलमा छ्यापछ्याप्ती, सुखीपुरबाट एकछात्रा पक्राउ

नेपालभ्युज

सिरहामा एसईईको प्रश्नपत्र र उत्तर मोबाइलमा छ्यापछ्याप्ती, सुखीपुरबाट एकछात्रा पक्राउ
फाइल तस्वीर

काठमाडौं । एसईईको प्रश्नपत्र र उत्तर मोबाइलमा भेटिएपछि सिरहामा एक छात्रालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एसईई (SEE) को प्रश्नपत्र बाहिरिएको घटनामा सुखीपुर नगरपालिकास्थित रजत जनक मावि (Rajat Janak SS) की एक छात्रालाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल (Basudev Dahal) ले जानकारी दिए ।

गोलबजार नगरपालिकामा रहेको जनता मावि परीक्षा केन्द्रबाट परीक्षा दिएकी उनको साथमा रहेको मोबाइलका साथसाथै प्रश्नपत्र र उत्तरसमेत फेला परेपछि पक्राउ गरिएको दाहालले बताए ।

शुक्रबार नेपाली विषयको परीक्षा भएकोमा गोलबजार नगरपालिका अन्तर्गतको चोहर्वा परीक्षा केन्द्रका साथै अन्य विभिन्न केन्द्रबाट पनि प्रश्न पत्र बाहिर पुगेको खबर छ । सो बारे अनुसन्धान भइरहेको बताउँदै प्रजिअ दाहालले प्रश्नपत्र बाहिरिएको विषयमा राष्ट्रिय परीक्षा बोर्डमा जानकारी गराएको र माथिबाट आउने निर्देशनको आधारमा निर्णय लिइने उल्लेख गरे ।

सिरहाका विभिन्न परीक्षा केन्द्रमा चिट बनाउन टोली नै सक्रिय रहेको बुझाई प्रहरीको छ । यसमा केन्द्राध्यक्ष र गार्डहरु पनि संलग्न रहे नरहेको बारे अनुसन्धान भइरहेको बताउँदै प्रजिअ दाहालले त्यहाँबाट तस्बिर खिचेर ह्वाटसअपमा छ्यापछ्याप्ती बनाइएको जानकारी दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved