पहाडी भेगमा मेघ गर्जनसहितको वर्षा, मुलुकभर बदली हुने

नेपालभ्युज

पहाडी भेगमा मेघ गर्जनसहितको वर्षा, मुलुकभर बदली हुने
फाइल तश्वीर

काठमाडौं । मुलुकभरका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहनेछ । बागमती र गण्डकी प्रदेशका केही ठाँउमा वर्षा भइरहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा आज पनि मेघगर्जन(Lightening) सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती भने मुलुकका अधिकांश पहाडी भू–भागमा आंशिक देखि समान्य बदली हुने छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी भूभागका केही स्थानमा हल्का हिमपात(Snowfall)को सम्भावना छ । देशका पहाडी भू–भागमा आंशिक बदली भइ केही स्थानमा वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २० दशमलव ५ डिग्री पुग्ने अनुमान गरिएको छ । गएको २४ घण्टामा काठमाडौंमा ० दशमलव ६ मिलिमिटर वर्षा भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved