राजनीतिमा फर्किए अभिनेता गोविन्दा, मुम्बईबाट चुनाव लड्ने तयारी

नेपालभ्युज

राजनीतिमा फर्किए अभिनेता गोविन्दा, मुम्बईबाट चुनाव लड्ने तयारी

काठमाडौं । चर्चित बलिउड अभिनेता गोविन्दा शिन्दे गुटको शिवसेना पार्टीमा सामेल भएका छन् ।

बिहीबार मुम्बईमा आयोजित एक कार्यक्रमबीच महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्दे र मिलिन्द देवराको उपस्थितिमा गोविन्दाले शिव सेनाको सदस्यता लिएका हुन् ।

सो अवसरमा मुख्यमन्त्री शिन्देले उनलाई पार्टीको झण्डा प्रदान गर्दै पार्टीमा स्वागत गरेका थिए ।

गोविन्दालाई उत्तर पश्चिम मुम्बईबाट लोकसभा चुनावमा उम्मेदवार बनाउने तयारी छ ।

यदि त्यसो भयो भने उक्त सिटमा गोविन्दाले उद्धव ठाकरे समूहको शिवसेनाका अमोल कीर्तिकरसँग प्रतिस्पर्धा गर्नेछन् ।

गोविन्दा सन् २००४ मा उत्तर मुम्बई लोकसभा सिटबाट सांसद थिए। त्यतिबेला उनले भाजपाका वरिष्ठ नेता राम नाइकलाई पराजित गरेका थिए।

तर, सन् २००९ मा उनले राजनीतिबाट सन्यासको घोषणा गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved