८ वर्ष जेल सजाय बदरको माग गर्दै उच्च अदालत गएका सन्दीपको पहिलो पेशी चैत २३ मा

नेपालभ्युज

८ वर्ष जेल सजाय बदरको माग गर्दै उच्च अदालत गएका सन्दीपको पहिलो पेशी चैत २३ मा

काठमाडौं । ८ वर्ष जेल सजाय तोक्ने जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गर्न गएका क्रिकेटर सन्दीप लामिछानेको पहिलो पेशी एक सातापछिको लागि तोकिएको छ ।

चैत २३ गतेलाई पेशी तोकिएको अदालत स्रोतले जनाएको छ । उच्च अदालतले आज पहिलो तारेखका लागि सन्दीपलाई बोलाएको थियो ।

सन्दीप अदालतमा हाजिर भएर पेशी बुझेर गएका छन् ।

काठमाडौं अदालतको फैसला बदरको माग गर्दै सन्दीप उच्च अदालत गएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved