रास्वपाबाट इलाम २ मा मिलन लिम्बू उम्मेदवार बन्ने पक्का

नेपालभ्युज

रास्वपाबाट इलाम २ मा मिलन लिम्बू उम्मेदवार बन्ने पक्का

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन लिम्बू उम्मेदवार बन्ने पक्का भएको छ ।

उम्मेदवारीका लागि दरखास्त दिएका अन्य नेताहरुले लिम्बूलाई समर्थन गर्ने निर्णय गरेपछि उनी नै उम्मेदवार बन्ने पक्का भएको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए ।

रास्वपामा प्राइमरी इलेक्सनमा इलामबाट चुनाव लड्न ६ जनाले इच्छा देखाएका थिए । दाबी गर्ने नेताहरुबीच बिहीबार छलफल भएको थियो ।

पार्टीले औपचारिक रुपमा भने इलाममा नै पुगेर उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved