चैतमा पनि बाक्लो ज्याकेट लगाउनुपर्ने गरी किन यस्तो जाडो ? कहिलेसम्म ?

नेपालभ्युज

चैतमा पनि बाक्लो ज्याकेट लगाउनुपर्ने गरी किन यस्तो जाडो ? कहिलेसम्म ?

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकामा जाडो महसुस हुँदै आएको छ । मध्य चैतको यो समयमा बिहान त बाक्लो ज्याकेट नै लगाउनुपर्ने गरी चिसो महसुस भइरहेको छ ।

मार्च १ देखि ‘विन्टर सिजन’ (हिउँदयाम) बिदा भएर प्रिमनसुन लागिसकेको छ । जसलाई जाडो महिना मानिँदैन । तैपनि चिसो छ ।

आखिर किन त ?

काठमाडौँ उपत्यकामा मात्र होइन, देशभर नै तुलनात्मकरूपमा चिसो बढेको छ । देशभरकै मौसम बदली भएर दिनभर घाम लाग्न पाएको छैन । कतै पानी परिरहेको छ ।

एकदुई दिनयता त काठमाडौँ उपत्यकासहित देशभरका केही स्थानमा अहिले पनि बाक्लो ज्याकेट लगाउनुपर्ने गरी जाडो हुन छाडेको छैन ।

तर, यो अवस्था अब कम हुँदै जाने र गर्मी बढ्ने मौसमविद्को पूर्वानुमान छ । तर, एकदुई दिन अझै चिसो हुने छ । मितिका हिसाबले जाडो बिदा भए पनि पानी पर्ने सिस्टमको कारण मौसमय चिसो नै रहेको मौसमविद्को तर्क छ ।

काठमाडौंको चैते झरी (तस्वीरहरू)

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्याल भन्छन्, ‘प्रिमनसुन सिजन यस्तो हुन त नहुने हो । तैपनि या अचम्मको विषय भने होइन । कहिलेकाहीँ यस्तो हुन्छ ।’

एकसाथ तीन वटा वायुको प्रभावले केही दिनयता पानी परिरहेको छ । पश्चिमबाट पश्चिमी वायु आइरहेको छ । पूर्वबाट न्यून चापीय प्रणाली आएको छ । अनि बीचमा स्थानीय वायु विकास भएको छ ।

‘पश्चिमी प्रणालीले पूर्व, पूर्वी प्रणालीले पश्चिम धकेल्दा बीचमा स्थानीय वायु पनि छ’, मौसविद्हरू भन्छन्, ‘यसले गर्दा तुलनात्मक रूपमा केही बढी चिसो भएकै हो ।’

केही दिनयता दिनभर राम्रोसँग घाम लाग्न पाएको छैन । जसका कारण स्वाभाविक रूपमा अधिकतम तापक्रम घटेको छ । अधिकतम तापक्रम घट्नु भनेको जाडो हुनु हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा अझै तीनदिन वर्षाको सम्भावना छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved