काठमाडौंको चैते झरी (तस्वीरहरू)

गाउँघरतिर एउटा उखान खुबै प्रचलनमा छ— ‘चैतमा गोरु बेचेर पाखी किन्नू’ । माघ अन्तिमतिर वा फागुनबाट जाडो सकिन्छ । तर, गर्मी सीजन चैतमा राडीपाखी किन ओड्नुपर्ने ?

नेपालभ्युज

काठमाडौंको चैते झरी (तस्वीरहरू)

काठमाडौं । गाउँघरतिर एउटा उखान खुबै प्रचलनमा छ— ‘चैतमा गोरु बेचेर पाखी किन्नू’ । माघ अन्तिमतिर वा फागुनबाट जाडो सकिन्छ । तर, गर्मी सीजन चैतमा राडीपाखी किन ओड्नुपर्ने ?

बूढापाकाको यो किस्सालाई स्मरण गराउने र त्यसको अर्थ बुझाउनेगरी बुधबार देशका विभिन्न भागमा जाडो बढेको छ । कारण हो, बिहानैदेखिको सिमसिमे झरी ।

चैतमै जाडो बढेपछि सम्भवत: ‘पाखी’ किन्ने यो उखान जुराइएको थियो । हिमाली जिल्लामा तान लगाएर भेडा-च्याङ्ग्राको ऊनबाट बुनिने पाखी निकै न्यानो हुन्छ ।

त्यसैलाई राडीपाखी भनिन्छ । त्यसले न्यानो दिन्छ । सहर बजारमा ओढेको अनेक किसिमका वस्तुहरू भए पनि गाउँघरमा त्यही प्रयोग हुन्छ । किनकि लामो समयसम्म टिकाउ हुन्छ ।

बुधबार कोशी, मधेश र बाग्मती प्रदेशका विभिन्न ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षा भएको छ । बिहानदेखि झापा, मोरङ, पाँचथर, खोटाङ, ओखलढुङ्गा, सिरहा, सप्तरी, धनुषा, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर लगायतका ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौंका केही ठाउँमा पनि बिहान फाट्टफुट्ट पानी परेको छ र दिउँसो पनि हल्का पानी पर्ने सम्भावना छ । गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा पनि छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पूर्वी भेगमा पर्सिसम्मै वर्षाको सम्भावना रहेको मौसमविद् झाले जानकारी दिए । यस्तै कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

पानी परेपछि मानिसहरू छाता तथा रेनकोट ओढेरै गन्तव्यमा गइरहेका छन् । कतिपयको दिनचर्या प्रभावित भएको छ ।

हेरौँ, केही फोटोहरू ।

 

फोटो- अमृता गाहा/नेपालभ्युज


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved