उर्मिला मातोन्डकरलाई ‘पोर्न स्टार’ सन्नी लियोनसँग दाँजिन् कंगनाले, के थियो विवाद ?

नेपालभ्युज

उर्मिला मातोन्डकरलाई ‘पोर्न स्टार’ सन्नी लियोनसँग दाँजिन् कंगनाले, के थियो विवाद ?

काठमाडौं । बलिउड अभिनेत्री तथा हिमाचल प्रदेशको मण्डीबाट बीजेपी उम्मेदवार कंगना रनौतले सन् २०२० मा अभिनेत्री उर्मिला मातोन्डकरमाथि गरेको टिप्पणीबारे स्पष्टिकरण दिएकी छिन् ।

‘न्युज च्यानल टाइम्स नाउको समिट २०२४’ मा बोल्दै कंगनाले भनिन्, ‘अभिनेत्री मातोन्डकर आफूलाई तन्दुरी मुर्गी, शीला की जवानी र आइटम गर्ल भनेर बोलाउन सहज मान्छिन् भने, त्यसोभए पोर्न स्टार किन नमान्ने ?’

सन् २०२० मा टाइम्स नाउलाई दिएको अन्तर्वार्तामा कंगनाले उर्मिला अभिनयका लागि चिनिने नाम होइन, उनी पोर्न स्टार भएको बताएकी थिइन् ।

सोही विषयमा बोल्दै कंगनाले थप भनिन्, ‘मैले कुनै पनि कुरालाई औचित्य दिइरहेको छैन, यदि अभिनेत्रीहरू तन्दूरी मुर्गी, आईटम गर्ल, शीला की जवानी जस्ता शब्दहरूमा सहज छन् भने यी शब्दहरूलाई किन गलत रूपमा हेरिएको छ ? सत्य के हो भने- यदि उनीहरू यसमा सहज छन् भने तपाईं किन उनीहरूलाई लाजमा पार्न चाहनुहुन्छ ? मलाई व्यक्तिगत रूपमा लाग्दैन कि मैले उनलाई (उर्मिला)लाई अप्ठ्यारो पार्ने कुनै मनसाय राखेको छु, किनभने उनी त्यो भूमिकामा धेरै सहज छिन्।’

‘मलाई भन्नुहोस्, ‘सफ्ट पोर्न’ वा ‘पोर्न स्टार’ आपत्तिजनक शब्दहरू हुन् ? होइन ! आपत्तिजनक शब्दहरू होइनन्। यो केवल एक शब्द हो जुन सामाजिक रूपमा स्वीकार्य छैन। भारतमा पोर्न स्टारहरूले कति पारिश्रमिक पाउँछन् ? भारतमा पोर्न स्टारलाई कति समान्न गरिन्छ ? सन्नी लियोनलाई सोध्नुहोस्।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved