चेकिङका लागि रोकिएको बसमा माइक्रोबस ठोक्किदा ८ जना घाइते

नेपालभ्युज

चेकिङका लागि रोकिएको बसमा माइक्रोबस ठोक्किदा ८ जना घाइते
तस्वीर गोरखापत्र

काठमाडौं । नारायणगढ मुग्लिन सडकको चितवन(Chitwan)को रामनगरमा आज बिहान सवारी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

बिहान ५ बजेतिर रामनगर अगाडी चेकिङको लागि रोकी राखेको बसमा तिब्र गतिमा रहेको माइक्रो बस ठोक्किएको हो ।

ठोक्किएर भएको दुर्घटनामा माइक्रोबसमा सवार यात्रु घाइते भएका हुन् । दुर्घटनामा पर्ने अधिकांस भरतपुरका स्थानीय छन् ।

उनीहरु काठमाडौं आउदै थिए । उनीहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved