जुही चावलाले विवाह गरेको किन वर्षौंसम्म लुकाईन ?

नेपालभ्युज

जुही चावलाले विवाह गरेको किन वर्षौंसम्म लुकाईन ?

एजेन्सी । बलिउड अभिनेत्री जुही चावलाको विवाह व्यापारी जय मेहतासँग भएको छ । जुही र जयको विवाह सन् १९९५ मा भएको थियो । जयका लागि भने यो दोस्रो विवाह थियो ।

उनकी पहिलो श्रीमती सुजाता विरलाको एक जहाज दुर्घटनामा मृत्यु भएको थियो । जुही पनि आमालाई गुमाएपछि जय मेहताको नजिक भएकी थिइन् ।

जुहीले धेरैपटक भनिसकेकी छन् कि जयसँग उनको सम्बन्ध एकदमै संवेदनशील छ । जुहीले यो पनि भनेकी छन् कि जयसँग आफ्नो विवाह धेरै वर्षसम्म लुकाएर राख्नुको कारण के थियो ।

आफ्नो पीक करिअरका कारणले गर्दा विवाह लुकाउनु परेको उनले बताएकी थिइन । जुहीभन्दा जय छ वर्ष जेठो छन् । यी अहिले दुई सन्तान जान्हवी र अर्जुन मेहताका अभिभावक हुन् । अहिले जुही ओटीटीका विभिन्न कार्यक्रममा व्यस्त छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved