नेपाली महिला क्रिकेट टोलीलाई अर्को अवसर, एसिया कपमा छनोट

नेपालभ्युज

नेपाली महिला क्रिकेट टोलीलाई अर्को अवसर, एसिया कपमा छनोट

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आगामी एसीसी महिला एसिया कप २०२४ खेल्ने भएको छ ।

मंगलबार एसियन क्रिकेट काउन्सिलले सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह ‘ए’मा परेको छ ।

नेपालको समूहमा भारत, पाकिस्तान र यूएई छन् । ओमानमा हुने प्रतियोगितामा नेपालको पहिलो खेल जुलाई १९ मा पाकिस्तानसँग हुनेछ । नेपालले जुलाई २१ मा यूएई र जुलाई २३ मा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुग्ने टोलीलाई एसिया कप खेल्ने अवसर दिँदा नेपाल पनि प्रतियोगितामा समावेश भएको हो । नेपालसँगै थाइल्याण्डले पनि एसिया कपमा अवसर पाएको हो ।

गत फेब्रुअरीमा भएको एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको थियो । त्यो बेला फाइनलमा पुग्ने दुई टोलीमात्रै एसिया कपमा छनोट हुने प्रावधान थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved