मधेस प्रदेशका सभामुख मण्डलले पाए महामूर्खको उपाधी

नेपालभ्युज

मधेस प्रदेशका सभामुख मण्डलले पाए महामूर्खको उपाधी

काठमाडौं । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले महामूर्खको उपाधी पाएका छन् ।

जनकपुरधामको मिथिला नाट्यकला परिषद्ले आयोजना गरेको  महामूर्ख सम्मेलनमा सोमबार मण्डलले महामूर्खको उपाधी पाएका हुन् ।

होली पर्वको अवसरमा मिनापले प्रत्येक वर्ष हास्य ठिठोलीको उद्देश्यले महामूर्ख सम्मेलनको आयोजना गर्दै आइरहेको छ ।

महामूर्खको उपाधी पाएपछि सभामुख मण्डलको अनुहारमा अनौठो मुस्कान समेत देखियो । उनलाई प्रशस्ती पत्र, तरुलको माला तथा टोपीले सम्मान गरिएको छ ।

मधेस प्रदेशको अर्थ मन्त्रालयका सचिव सुभाषचन्द्र शिवाकोटीलाई पटमूर्ख, मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललनलाई मूर्ख महामण्डलेश्वर, गोगलप्रसाद उच्च माविका प्रधानाध्यापक महावीर दासलाई सदावहार मूर्ख, रामजानकी अन्तर्राष्ट्रिय रंगशालाका अभियन्ता दिनेश पूर्वेलाई वैशाखनन्दन उपाधीले सम्मान गरियो ।

यस्तै संचारकर्मी नित्यानन्द मण्डललाई खेसारी लाल, ई. सुभाषचन्द्र साहलाई स्थायी मूर्ख, मैथिली कला क्षेत्रमा काम गर्दै आएको संस्था युवा नाट्य कला परिषद्लाई निर्विकल्प मूर्ख, पिपरा गाउँपालिकाको उपाध्यक्ष वन्दना पाण्डेलाई दिलतोरियाको उपाधीले सम्मान गरियो ।

त्यस्तै मिथिला चित्रकार सुधिकार कर्णलाई हरिप्रिया, मधेस क्रिकेट टिमका क्याप्टेन हरिशंकर साहलाई लोढाशंख, योगगुरु विमल पण्डितलाई बुरिराज, मूर्तिकार योगेन्द्र पण्डितलाई बज्रकिट र अनिकेत गोइनकालाई सोटाचन्दको उपाधीले सम्मानित गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved