को हुन् श्रद्धा कपुरको प्रेमी ?

नेपालभ्युज

को हुन् श्रद्धा कपुरको प्रेमी ?

काठमाडौं । भारतीय अभिनेत्री श्रद्धा कपुर (Shraddha Kapoor)ले आफ्नो सामाजिक सञ्जालमा एक तस्वीर सेयर गरेकी छिन् ।

सार्वजनिक तस्वीरहरूमा उनी आर अक्षर भएको पेन्डेन्ट लगाएकी देखिन्छिन् । तस्वीरहरू बाहिर आएसँगै फ्यानहरूले उनले राहुल मोदीको नामको पेन्डेन्ट लगाएको अनुमान गरेका छन् ।

विगत केही दिनदेखि मोदीलाई श्रद्धाको ‘ब्वायफ्रेन्ड’ भन्दै भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका थिए । यही महिनामा अनन्त-राधिकाको प्रि-वेडिङमा पनि उनीहरू दुवैसँगै देखिएका थिए ।

राहुल मोदी ‘तू झुठी मैं मक्कर’, ‘पंचनामा २’, ‘सोनू के टिटू की स्वीटी’ जस्ता फिल्मका लेखक हुन्।

श्रद्धाले आइतबार आफ्नो इन्स्टाग्राम ह्यान्डलमा यो पोस्ट पोष्ट गरेकी हुन् । यो पोस्टको साथ उनले क्याप्सनमा लेखेका छन्, ‘केही छैन ब्रो। आइतवार छ त्यसैले म केहि गर्दिनँ।’

यो पोस्टमा कमेन्ट गर्दै एक फ्यानले सोधेका छन्– आर नाम भएको यो लकेटको रहस्य के हो ?

उता अर्का फ्यानले लेखेका छन्– राहुल मोदी हुन् ।

हिन्दुस्तान टाइम्ससँग श्रद्धा र राहुलले चाँडै आफ्नो सम्बन्धको आधिकारिक घोषणा गर्ने बताएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उनीहरू उपयुक्त समयमा मात्रै सम्बन्धको औपचारिक घोषणा गर्ने तयारीमा छन् । अहिले दुवैले आफ्नो सम्बन्धलाई गोप्य राखेका छन् ।

श्रद्धा छिट्टै ‘स्त्री २’ फिल्ममा देखिनेछिन् । कमेडी हरर फिल्ममा उनको साथमा पंकज त्रिपाठी र राजकुमार राव पनि रहनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved