इलाम- २ को उपनिर्वाचनका लागि कांग्रेसबाट ७ जनाको नाम सिफारिस

नेपालभ्युज

इलाम- २ को उपनिर्वाचनका लागि कांग्रेसबाट ७ जनाको नाम सिफारिस

काठमाडौं । इलाम- २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले ७ जनाको नाम सिफारिस गरेको छ।

समितिले पहिलो नम्बरमा भेषराज आचार्यको नाम राखेर ७ जनालाई सिफारिस गरेको हो । सिफारिस हुनेमा दोस्रो नम्बरमा पूर्वसांसद केशव थापा र तेस्रो नम्बरमा जिल्ला सभापति डम्बर खड्का छन् । खड्का गत निर्वाचनमा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङसँग ११४ मतले पराजित भएका थिए ।

नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम पनि सम्भावित उम्मेदवारका रुपमा समितिले केन्द्रमा पठाएको छ । कांग्रेसको संसदीय बोर्डले उम्मेदवार सिफारिस गरिएकामध्येबाट एक जनालाई आधिकारिक उम्मेदवार चयन गर्नेछ ।

एमाले सांसद सुवासचन्द्र नेम्बाङको निधन भएपछि रिक्त रहेको इलाम–२ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved