एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

नेपालभ्युज

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

सुर्खेत । नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटाले निकटतम प्रतिद्वन्द्वी अमृतकुमार बिसीलाई पराजित गरेका हुन् ।

त्यस्तै उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव खुलामा टिकाराम सोमै निर्वाचित भएको नेकपा एमाले सुर्खेतले जनाएको छ ।

यसैगरी महिला सचिवमा सुशीला विश्वकर्मा निर्वाचित भएकी छिन्। सदस्य पदको मतगणना भने जारी रहेको निर्वाचन समितिले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved