सुनकोसी नदीमा बेपत्ता भएका बालबालिका खोज्न सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन

नेपालभ्युज

सुनकोसी नदीमा बेपत्ता भएका बालबालिका खोज्न सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन

काठमाडौं । फागु खेल्ने क्रममा सुनकोसी नदीमा बेपत्ता भएका बालबालिका खोज्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ ।

फागु खेल्दै उदयपुर त्रियुगा नगरपालिका १४ ढाप्लाङ स्थित सुनकोसी नदीमा पौडी खेल्न पुगेका ३ बालबालिका आइतबार बेपत्ता भएका थिए ।

साँझ अबेरसम्म सशस्त्र प्रहरी बल त्रियुगा गण उदयपुरबाट खोजतलास गरे पनि उनीहरूलाई फेला पार्न नसकेपछि आज बिहान कोशी प्रदेशस्थित बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर परिचालन गरिएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved