पल शाहको गृहजिल्लामा दर्शकबाट समीक्षा उपेक्षित, टिकट काट्ने २३ जना मात्रै भएपछि चढिनन् स्टेज

दुई वर्षअघि समीक्षाले पललाई मुद्दा हालेकी थिइन् । तर, समीक्षाले पललाई फसाएको भन्ने छाप दंगालीमा परेको देखिएको बताइन्छ । समीक्षा उपस्थित कन्सर्टमा दर्शक नआउनु सोही मुद्दाको साइड इफेक्ट रहेको कतिपयको दाबी छ ।

नेपालभ्युज

पल शाहको गृहजिल्लामा दर्शकबाट समीक्षा उपेक्षित, टिकट काट्ने २३ जना मात्रै भएपछि चढिनन् स्टेज

काठमाडौं । अभिनेता पल शाहको गृह जिल्ला दाङका आयोजना गरिएको कार्यक्रममा चर्चित गायिका समीक्षा अधिकारी दर्शकबाटै उपेक्षित भएकी छन् । अहिले सर्वाधिक चर्चामा रहेकी गायिका समीक्षालाई नै दंगेलीहरूले नस्विकारेका हुन् ।

देश तथा विदेशका स्टेज शोमा उच्च डिमान्ड रहेको समीक्षा आउने कार्यक्रममा भने दर्शक नआउँदा उनको निर्धारित कार्यक्रम नै रद्द भएको हो । कार्यक्रम भने भए पनि समीक्षाले भने प्रस्तुति दिन पाइनन् ।

फागु पर्वको पूर्वसन्ध्यामा १० चैत शनिबार तुलसीपुरले अरनिको मैदानमा कन्सर्ट आयोजना गरेको थियो । आयोजक थियो, प्राकृतिक कलाकेन्द्र । कार्यक्रममा मुख्य आकर्षण थिइन् समीक्षा ।

कार्यक्रमको आयोजकले राम्रै प्रचारप्रसार गरे पनि टिकट २३ जनाले मात्र काटे । समीक्षा दाङको तुलसीपुर आएर मेट्रो होटेलमा बसिन् ।

दर्शकको भीड आएपछि स्टेज उक्लने उनको अपेक्षा थियो । तर, दर्शक कुर्दाकुर्दै राति भयो । दर्शक नआएपछि आयोजकले समीक्षालाई स्टेजमा नै लगेनन् ।

समीक्षा आएको दिन जम्मा २३ वटा मात्रै टिकट बिक्री भएको आयोजक प्राकृतिक कलाकेन्द्रका अध्यक्ष चोभार पौडेलले बताए । उनले भने, ‘‘जम्मा २३ जना दर्शकको माझ त्यत्रो चलेको कलाकारलाई कसरी स्टेजमा लैजानु ?’’

विभिन्न जिल्लाका स्टेज कार्यक्रममा भने समीक्षाको प्रस्तुतिमा ठुलै भीड हुने गर्छ । दाङको घटनाबारे भने समीक्षा बोलेकी छैनन् । कतिपयले कार्यक्रम आयोजकले राम्रो प्रचार र व्यवस्थापन गर्दा टिकेट काटेर दर्शकहरू हेर्न नआएको हुनसक्ने भनेका छन् ।

दुई वर्षअघि समीक्षाले पललाई मुद्दा हालेकी थिइन् । तर, समीक्षाले पललाई फसाएको भन्ने छाप दंगालीमा परेको देखिन्छ । समीक्षा उपस्थित कन्सर्टमा दर्शक नआउनु सोही मुद्दाको साइड इफेक्ट रहेको कतिपयको दाबी छ । समीक्षाकै जाहेरीमा पल शाह १ वर्ष जेल बसेर निस्किएका थिए । उनी दोषी ठहर नभएपछि जेल मुक्त भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved