उपनिर्वाचन वैशाख १५

‘इलाम २ मा सुहाङ नै उम्मेदवार हुने सम्भावना बढी छ’

नेपालभ्युज

‘इलाम २ मा सुहाङ नै उम्मेदवार हुने सम्भावना बढी छ’

काठमाडौं । इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । पछिल्लो संसदीय निर्वाचनमा त्यस क्षेत्रबाट निर्वाचित संविधानसभा अध्यक्षसमेत रहेका नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङ बितेपछि त्यस क्षेत्र रिक्त छ । रिक्त उक्त क्षेत्रमा वैशाख १५ मा उपनिर्वाचन हुन लागेको छ, दलहरू त्यसको तयारीमा जुटेका छन् ।

त्यसो त उक्त क्षेत्र एमालेको गढ नै मानिन्छ । २०४८ पछि निरन्तर स्व. सुवास नेम्वाङ जित्दै आएका थिए । उनी नरहँदाको यो पहिलो संसदीय निर्वाचन कसले जित्छ भन्ने आमचासोको विषय बनेको छ ।

एमालेले नेम्वाङपुत्र सुहाङसहित ६ जनाको नाम सिफारिस गरिसकेको छ । सिफारिस हुने अन्य नेताहरूमा रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, रिपल राई र देवी क्षेत्री दुलाल छन् । उनीहरूमध्ये नै कुनै एक उम्मेदवार बन्ने एमाले नेताहरू बताउँछन् ।

अन्तिम एक उम्मेदवार छान्नका लागि एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ । ११ बजेपछि सुरू हुने बैठकले एक उम्मेदवार छान्ने एमाले नेताहरूले बताएका छन् ।

६ जनामध्ये कसको सम्भावना बढी छ ? भन्ने नेपालभ्युजको प्रश्नमा एक पदाधिकारीभन्छन्, “अलिक बढी सुहाङजीको सम्भावना देखिन्छ । पार्टीभित्र पनि उसैगरी छलफल भएका छन् ।”

सुहाङ उम्मेदवार हुँदा पार्टीलाई राम्रो हुने ती पदाधिकारीको मत छ । “उहाँ उम्मेदवार हुँदा पार्टीलाई राम्रो हुन्छ, नराम्रो केही हुन्न । त्यसैले पनि उहाँकै सम्भावना बढी छ भनेको हो,” उनले भने ।

इलाम २ मा पर्ला झलनाथलाई ‘चिट्ठा’ ? कस्तो छ मत-गणित ?

सुहाङ उम्मेदवार हुँदा सहानुभूतिको मतसमेत आउने ती नेताको बुझाइ छ । “उहाँ उम्मेदवार हुँदा सहानुभूतिको मत पनि आउँछ । त्यसले सहज बनाइदिन्छ पार्टीलाई पनि सुहाजीलाई पनि,” उनले भने ।

त्यसो त एमाले सत्ता गठबन्धनको प्रमुख घटक पार्टी हो । तर, ती पदाधिकारी गठबन्धनबाट इलाम २ मा एमालेकै भागमा पर्ने बताउँछन् । त्यहाँ गठबन्धनका अरु दललाई टिकट दिए पनि नजित्ने उल्लेख गर्दै उनले भने, “अरु दल कमजोर छन् । उनीहरूले जित्दैनन् ।”

सत्ता गठबन्धनमा एमालेसँगै नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) छन् । तीमध्ये रास्वपाले पनि आफ्नै उम्मेदवार उठाउनेगरी तयारी गरिरहेको छ ।

गत निर्वाचनमा प्रत्यक्षतर्फ १३ सय मत ल्याएको रास्वपाले ४ हजार लोकप्रिय मत पाएको थियो । त्यसैले रास्वपाको आफ्नै उम्मेदवार हुने नेताहरूले बताएका छन् ।

के झलनाथ खनाल एमाले फर्किएर इलाम २ बाट चुनाव लड्दैछन् ?

जसै सत्ता गठबन्धनसम्बद्ध दल एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि इलाम २ बाट निर्वाचन लड्ने आकाङ्क्षा देखाएका छन् । उनले सत्ता गठबन्धनले साझा उम्मेदवार बनाएर चुनाव लड्ने बताएका छन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved