त्यसपछि मुमताजले शम्मी कपूरसँग काम गर्न छाडेकी थिइन्

नेपालभ्युज

त्यसपछि मुमताजले शम्मी कपूरसँग काम गर्न छाडेकी थिइन्

एजेन्सी । मुमताजले सात वर्षको उमेरदेखि नै बलिउडमा काम गर्न सुरु गरेकी थिइन् । करिअरको सुरुवातमा उनले सानो-सानो भूमिकाहरु गरिन् ।

एउटा समय थियो कोही पनि अभिनेता मुमताजसँग काम गर्न चाहँदैनथे । दारा सिंह पहिलो व्यक्ति थिए जसले उनीसँग काम गरेका थिए । दिलीप कुमारसँग ‘राम और श्याम’ फिल्म गरेपछि मुमताजको भाग्य चम्किएको थियो ।

शम्मी कपूरलाई पनि मुमताजले एकदमै मन पराउँथिन् । शम्मी कपूरले उनलाई विवाहको प्रस्ताव गरेका थिए । अभिनेत्रीले उनको प्रस्ताव स्वीकारेकी पनि थिइन् ।

तर, विवाहपछि पनि मुमताजले अभिनय छोड्न चाहन्न थिइन् । त्यो थाहा पाएर शम्मी कपूर दुःखी भए । त्यसपछि मुमताजले फैसला गरिन् कि उनले अबदेखि शम्मी कपूरसँग कहिल्यै काम गर्ने छैनन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved