होली खेल्ने क्रममा दमका रोगीले ख्याल गर्नुपर्ने कुरा

नेपालभ्युज

होली खेल्ने क्रममा दमका रोगीले ख्याल गर्नुपर्ने कुरा

एजेन्सी । होली पर्व देशभर पहाड र तराईमा गरी दुई दिन मनाइन्छ । तर, दमका बिरामीहरूले होली खेल्दा विशेष ध्यान दिनुपर्ने हुन्छ । रंग तथा धुलोले दमका रोगीलाई समस्या बढाउन सक्छ । त्यसैले यहाँ केही टिप्सहरूका बारेमा जानौं जसबाट दमका बिरामीलाई फाइदा पुग्छ-

मास्क लगाउने
होली खेल्ने क्रममा दमका बिरामी बच्चा तथा वयस्क सबैले मास्कको प्रयोग गर्न सकिन्छ । मास्कले हानिकारक कणहरूलाई स्वासनलीमा जानबाट रोक्छ ।

रंग नखेल्ने
दमका रोगीहरूले सकेसम्म रंगले होली नै नखेल्नु फाइदाजनक हुन्छ । रंगमा हुने विभिन्न केमिकलहरूले दमका रोगीलाई नराम्रो असर गर्न सक्छ । उनीहरू प्राकृतिक रंगहरू जस्तै: चुकन्दरको रंग, गुलाब पाउडर, बेसार आदिको प्रयोग गरेर खेल्न सक्छन् ।

समयमा औषधीको सेवन
यदी कोही दमको बिरामीहरूले औषधी सेवन गरिरहेको छ भने औषधी समयमा खानुपर्दछ । चाडपर्वको बेला विशेषगरी यस्तो कुराहरू भुल्ने तथा समयमा नगर्ने बानी धेरैको हुन्छ जसले समस्या उत्पन्न गर्न सक्छ ।

भिटामिन ‘डी’ले भरपूर खाना खाने
होलीका दिन भिटामिन ‘डी’ले भरपूर चिजहरूको सेवन गर्नुहोस् । यसका लागि दुध, अन्डा तथा सुन्तला जस्ता खानेकुरा खान सकिन्छ । भिटामिन ‘डी’ले शरीर सुन्निएको ठीक गर्न सहयोग गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved