चेन्नई सुपर किङ्सले कप्तानबाट धोनीलाई हटायो

नेपालभ्युज

चेन्नई सुपर किङ्सले कप्तानबाट धोनीलाई हटायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को साविक विजेता चेन्नई सुपर किङ्सले कप्तान परिवर्तन गरेको छ ।

क्लबले बिहीबार कप्तानबाट महेन्द्र सिंह धोनीलाई हटाएर आगामी सिजनका लागि रूतुराज गायकवाडलाई नयाँ कप्तानमा नियुक्त गरेको छ ।

क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एमएस धोनीले आगामी टाटा आईपीएल २०२४ को लागि सन् २०२४ को कप्तानी ऋतुराज गायकवाडलाई सुम्पेका छन्। ऋतुराज २०१९ देखि क्लबको हिस्सा रहेका छन् र यस अवधिमा उनले ५२ आईपीएल खेल खेलेका छन्।’

गायकवाडले अहिलेसम्म भारतबाट ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् जसमा उनले ११५ रन बनाएका छन् । योसँगै उनले १९ टी–२० अन्तर्राष्ट्रिय खेलमा ५ सय रन जोडेका छन् ।

उनले सन् २०२० मा आईपीएलमा डेब्यु गरेका थिए । सन् २०२१ को आईपीएल सिजनमा गायकवाड सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए ।

गायकवाडलाई किन बनाइयो कप्तान ?
गायकवाडलाई लामो समयदेखि क्रिकेट सर्कलमा नेतृत्व विकल्पको रूपमा हेरिएको थियो । चेन्नईका लागि पहिलो सिजन खेल्दा पनि केही विज्ञहरूले उनलाई भावी कप्तान भनेका थिए ।

उनलाई धोनीको रोजाइ पनि भनिन्छ । २७ वर्षका गायकवाड लामो समयसम्म टोलीबाट खेल्न सक्छन् ।

यसका अलावा उनी ब्याटिङमा पनि निरन्तर राम्रो प्रदर्शन गरिरहेका छन् । उनले सन् २०२२ सिजनबाहेक हरेक वर्ष क्लबका लागि ४० भन्दा माथिको औसतमा रन बनाएका छन्।

उनले घरेलु क्रिकेटमा पनि महाराष्ट्रको कप्तानी गर्दै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved