१८ दिनदेखि बेपत्ता रहेका पुरुष मृत फेला

नेपालभ्युज

१८ दिनदेखि बेपत्ता रहेका पुरुष मृत फेला

बैतडी । अठार दिनदेखि बेपत्ता रहेका एक पुरुष मृत फेला परेका छन् ।

जिल्लाको पुर्चौंडी नगरपालिका–३ गैरागाउँका ४६ वर्षीय नरबहादुर बोहरा मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।

गएको फागुन १९ गतेदेखि हराइरहेका बोहरा नौलीगाड भन्ने स्थानमा मृत फेला परेको जनाइएको छ ।

स्थानीयले बोहरालाई मृतावस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरिएको प्रहरी निरीक्षक जोशीले बताए ।

घटनाका विषयमा अनुसन्धानका लागि प्रहरी निरीक्षक जोशी नेतृत्वको टोली घटनास्थल पुगेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved