गृहयुद्धमा फसेको सुडानमा भोकमरी र बलात्कारको डरलाग्दो विवरण सार्वजनिक

नेपालभ्युज

गृहयुद्धमा फसेको सुडानमा भोकमरी र बलात्कारको डरलाग्दो विवरण सार्वजनिक

काठमाडौं । सुडानको गृहयुद्धको चपेटामा परेकाहरुले बलात्कार, जातीय हिंसा र मृत्युहुनेको कहाली लाग्दो यथार्थ सुनाएका छन् । बीबीसीसँग उनीहरुले शारिरिक यातना र यौन हिंसाका घटनाहरु उजागर गरेका हुन् ।

गृहयुद्धबाट बाच्न सफल भएका सर्वसाधारणले हत्या र बलात्कारको पिडा मात्रै भोगेका छैनन् भोकमरीको पिडादायी रात बिताउनु परेको बीबीसीले जनाएको छ । एक वर्षदेखि सेना र आरएसएफ (र्यापिड सपोर्ट फोर्स)बीच राजधानी खार्तुमसहितका सहरहरुमा भिडन्त गरिरहेका छन् ।

अफ्रिकी र अरब समुदायहरू बीचको हिंसाका कारण सुडान वर्षौंदेखि अशान्ति र हिंसामा छ । आरएसएफ का लडाकुले महिलाहरुलाई बलात्कार गर्ने गरेको पीडितले बयान दिएका छन् ।

राजधानी खार्तुम नजिकैको लडाइँलाई छल्दै बीबीसी संवाददाता पीडितसमक्ष पुगेका थिए । राष्ट्रसंघले पछिल्लो द्वन्द्वका कारण सुडान इतिहासमै सबैभन्दा ठूलो संकटमा फसेको टिप्पणी गरेको छ ।

२० वर्षअघि अमेरिकाले डार्फरमा गरेको नरसंहारको पुनरावृत्ति देखा पर्न थालेको बताइएको छ । गृहयुद्धका कारण अहिलेसम्म १४ हजार भन्दा बढीको ज्यान गएको बताइए पनि यो संख्या अझै धेरै हुन सक्ने अनुमान गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved