गृह र अर्थमन्त्रीको राजीनामा माग्दै नेविसंघको राँके जुलुस

नेपालभ्युज

गृह र अर्थमन्त्रीको राजीनामा माग्दै नेविसंघको राँके जुलुस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारका मन्त्रीद्वयलाई पदमुक्त गर्न माग गर्दै मंगलबार साँझ राँके जुलुस निकालेको छ ।

नेविसंघले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरेका र अर्थमन्त्री वर्षमान पुन सुन काण्डमा मुछिएका भन्दै तत्काल बर्खास्त गर्न माग गरेको छ ।

नेविसंघ ललितपुरका अनुसार पाटन क्याम्पस गेट अगाडिबाट नाराबाजीसहित निस्किएको राँके जुलुसमा काण्डका नाइके रहेका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।

वर्तमान सरकारका मन्त्रीहरू सहकारीको रकम अपचलन, सुन तस्कर, दोहोरो नागरिकता लगायतका काण्डै काण्डमा मुछिएका नेविसंघको आरोप छ ।

अर्थ र गृहमन्त्रीलाई बर्खास्त नगरिएसम्म आन्दोलन जारी राख्ने नेविसंघ ललितपुरले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved