उच्च यूरिक एसिड घटाउने खानाहरु

नेपालभ्युज

उच्च यूरिक एसिड घटाउने खानाहरु

एजेन्सी । शरीरमा यूरिक एसिड बढ्नु भनेको गम्भीर समस्या हो । किडनीको काम भनेको यूरिक एसिडलाई फिल्टर गर्नु हो । शरीरमा यसको लेवल बढ्दा जोर्नीहरु दुख्ने तथा सुन्निने समस्या हुने गर्छ ।

यूरिक एसिडलाई नियन्त्रण गर्नका लागि केही खानेकुराहरु छन् तिनको सेवन गर्न सकिन्छ । यी खानेकुराहरुले बढेको यूरिक एसिडलाई नियन्त्रण गर्न सहयोग गर्दछन् ।केरामा पाइने तत्वले यूरिक एसिडलाई प्राकृतिक तरिकाले नियन्त्रण गर्न सहयोग गर्दछ ।

एकदमै कम फ्याट भएको दुध दहीले पनि यूरिक एसिडलाई बाहिर निकाल्न सहयोग गर्दछ । दहीको मात्रा धेरै नखाने तथा दही ताजा खानु पर्दछ । कफीले पनि यूरिक एसिडको उत्पादनको दरलाई कम गर्ने गर्छ । त्यस्तै अमिलो फलहरु खाँदा पनि यूरिक एसिड बढ्दैन ।

यूरिक एसिड नियन्त्रण गर्नका लागि खासगरी फाइबर भएका चीजहरुको सेवन गर्नुपर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved