‘पर्यटनको राजधानी पोखरा’ (तस्वीरसहित)

नेपालभ्युज

‘पर्यटनको राजधानी पोखरा’ (तस्वीरसहित)

पोखरा । पोखरालाई औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा गरिएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार विशेष समारोहकाबीच पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हुन् ।

घोषणा समारोहमा सहभागी हुन पोखरा पुगेका उनले रिमोटबाट पर्यटकीय राजधानीको लोगो अनावरण पनि गरे ।

राजधानी घोषणा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताए । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाए ।

तस्वीर सौजन्य: प्रधानमन्त्रीको सचिवालय


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved