नेपालमा लोकतन्त्र छ तर चालचलन गोरखाली सम्राज्यवादको भयोः अध्यक्ष ठाकुर

नेपालभ्युज

नेपालमा लोकतन्त्र छ तर चालचलन गोरखाली सम्राज्यवादको भयोः अध्यक्ष ठाकुर

काठमाडौं । लाकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर नेपामला लोकतन्त्र आएपनि चालचलन गोरखाली सम्राज्यवादको भएको बताएका छन् ।

शहीद केशव कोईराला स्मृति प्रतिष्ठान र महिटानी नगरपालिकाको संयुक्त आयोजनामा आयोजित शहिद केशव कोईरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रपति रामचन्द्र पौडेल सहभागी कार्यक्रममा आफ्ना सांसदहरुको उपेक्षा भएको बताए ।

ठाकुरले आफूहरुको अपमान गर्ने जानकारी भएको भए आफू कार्यक्रममै नजाने बताए । लोकतन्त्रमा जनतामा अधिकार हुने र सबैभन्दा माथि पनि जनता नै रहने उनको भनाई छ ।

उनले गोली हानेर जनता मार्ने र शान्ति सुशासन कायम राख्ने भन्नेकुरा गलत रहेको भन्दै कुनैपनि बेला विद्रोह हुनसक्ने चेतावनी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved