प्रभु बैंकका डेपुटी सीईओसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

नेपालभ्युज

प्रभु बैंकका डेपुटी सीईओसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

फागुन १५ गते पक्राउ परेका उनीहरुलाई पहिलो पटक ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको सीआईबीले दोस्रो पटक पनि थप ७ दिनलाई अनुमति पाएको थियो ।

मंगलबार अदालतले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

धितोभन्दा बढी कर्जा प्रवाह गरेको आरोपमा न्यौपानेसहित तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका पूर्वसीईओ तुलसीराम गौतम, राजेश भण्डारी, दिलिप बराल, सुबास बहादुर श्रेष्ठ,अनुपमा श्रेष्ठ मान्नधर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेत पक्राउ परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved