मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

नेपालभ्युज

मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं । मदनभन्डारी राजमार्ग अन्तर्गत गाईघाट–कटारी सडक खण्डमा भएको दुर्घटनामा एक युवाको मृत्यु भएको छ ।

त्रियुगा नगरपालिका ७ कालिखोला होक्सेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा इलामको सुर्योदय नगरपालिकाका २४ वर्षिय प्रगित राईको मृत्यु भएको हो ।

कटारीबाट गाइघाट जादै गरेको यात्रुबाहक बसले विपरित दिशामा रहेको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक राईको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved